Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

सङ्घीय निजामती सेवा ऐन संसदमा पेश हुन्छ : मन्त्री मोदी


सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दुई महिनाभित्र सङ्घीय निजामती सेवा ऐन संसदमा पेश गर्ने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले सङ्घीयता कार्यान्वयन गर्दै सहमतिका आधारमा कर्मचारीको अवकाशको उमेर ५८ वा ६० वर्ष जुन भएपनि न्याय गरिने प्रष्ट पार्नुभयो ।

उहाँले स्थानीय तहमा प्रमुखका रुपमा निमित्त कर्मचारी रहने कार्यलाई अन्त्य गर्दै जहाँ जसको दरबन्दी छ सोहीअनुसार कर्मचारी पठाउने कार्य सुरु गरेको जानकारी दिनुभयो । मन्त्री मोदीले सुशासन कायम गर्न प्रशासकीय सुधारको पहलस्वरुप कर्मचारी कार्यालय समयमा आउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिएको बताउनुभयो । मन्त्री मोदीले राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र एवं मालपोत कार्यालयबाट प्रदान गरिने सेवा छिटो छरितो र सरल बनाउन मोरङका सरकारी कार्यालयका प्रमुखसँग छलफल गरिएको जानकारी दिनुभयो ।

प्रशासनिक कामलाई नागरिक केन्द्रित बनाउने अभियान मुलुकभर सञ्चालन गरी सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।


प्रकाशित मिति: १३ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?