Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

‘नागरिकतालगायत संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ’


२८ जेठ, काठमाडाैँ । सांसद प्रकाश अधिकारीले नागरिकतालगायत अति संवेदनशील विषयमा सरकार गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बतारेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको छलफलमा भाग लिनुहुँदै उनले भने, “बजेटमा आफ्नो अर्थतन्त्र विकास गर्नका लागि त्यस्तो कुनै प्रावधान छैन, कृषि उत्पादनको ठोस् व्यवस्था छैन, किसानलाई प्रोत्साहन गर्ने ठोस् प्रस्ताव छैन ।” सांसद अधिकारीले आफ्नै स्रोत÷साधनको उपयोग नगरुञ्जेल मुलुकमा विकासले गति लिन नसक्ने उल्लेख गरे ।

सधैँ ऋण र अनुदानमा मुलुक चलाउन नहुने धारणा राख्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउने कार्यक्रममा जोड दिनुपर्ने बताए । “सन्तुलन र समानुपातिक विकासका लागि मधेस, कर्णाली, सुदूरपश्चिम र पिछडिएको समुदायका लागि बजेट बढाउनुपर्छ”, सांसद अधिकारीले भने ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?