Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा छ : उपप्रधानमन्त्री श्रेष्ठ


२८ जेठ, काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको आगामी वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमा युवा स्वरोजगार एवं उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले सेन्ट जेभियर कलेजको सहकार्यमा आयोजना गरेको नमुना संयुक्त राष्ट्रसङ्घ, २०२३ कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल कृषि, जलस्रोत, ऊर्जा, जडीबुटी, पर्यटनलगायतमा सम्भावनाको देश भएकाले यीमार्फत स्वरोजगार र उद्यमशीलतामा जोड दिइने उल्लेख गरे । वर्तमानको आधारस्तम्भका रुपमा रहेका युवा ६० लाखभन्दा बढीको सङ्ख्यामा रोजगारीका लागि विदेशिएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न लागिएको उहाँको भनाइ छ । हरेक क्षेत्रमा युवा परिचालन गरेर काम गर्न सकिने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

“हरेक क्षेत्रमा सम्भावना भएर पनि नेपाललाई विकसित किन बनाउन सकिएन भनी युवाले सोच्नु पर्नेछ, समस्या राजनीतिमा छ, राजनीतिलाई सफा गर्ने काम हाम्रो हो, युवाले राजनीतिबाट भागेर समस्या समाधान हुँदैन, समस्या समाधानका लागि युवा राजनीतिमा लाग्नुपर्छ, युवाले देशमै बस्ने सङ्कल्प गर्नुपर्छ, राजनीतिमा सहभागिता जनाउनुपर्छ, राजनीतिक नेतृत्वले समृद्धिका लागि काम गर्नमा कमजोरी गरेको छ, यसमा युवाको सक्रियता आवश्यक छ”, उनले भने ।

‘पढ्दै कमाउँदै र कमाउँदै पढ्दै’ कार्यक्रम पनि सरकारले युवालाई नै लक्षित गरेर आगामी वर्षमा सञ्चालन गर्न लागेको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । नेपालका मौलिक संस्कृतिलाई रक्षा गर्दै यसमा विज्ञान र प्रविधिलाई पनि जोडेर युवा वर्ग अघि बढ्नुपर्नेमा उनले जोड दिए । जीवनको मूल्य स्थापित गर्ने गरी अध्ययन अघि बढाउन, शारीरिक श्रमलाई निरन्तरता दिन र नियमितरुपमा ध्यान गर्न उपप्रधानमन्त्री श्रेष्ठले युवा वर्गलाई आह्वान गरे ।

कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङर हाम्डे, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङलगायतले युवा वर्गलाई रचनात्मक काममा लगाउन यस्ता कार्यक्रमले सहयोग गर्ने उल्लेख गरे ।

विसं २०७८ को जनगणनाअनुसार नेपालमा ४२ दशमलव ५६ प्रतिशत १६ देखि ४० वर्ष उमेरको जनसङ्ख्या रहेको छ । यो समूहबाट छनोट गरी ल्याइएका युवाले चार दिनसम्म दिगो विकास लक्ष्यलगायत समसामयिक विषयमा संवाद, छलफल र साक्षात्कार कार्यक्रम गरिने बताइएको छ ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?