Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी


२८ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताए ।

तत्कालीन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य इंल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिसहरूलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उनले बताए । आगामी वर्षदेखि दिउँसो ४ बजे गर्नु नहुने उनको भनाइ छ ।

‘‘यो मुलुकमा सधैँ बजेट भाषणहरू बेलुका ४ बजे हुने । के कारण रहेछ त ४ बजे हुने भन्ने मैले पत्ता लगाएँ । किन बिहान १० बजे नहुने, किन १२ बजे नहुने । चाहे मल्टी पार्टी डेमोक्रेसी आएपछि होस्, चाहे गणतन्त्रमा आएपछि होस् मुलुकको बजेट ४ बजे हुने । कारण के रहेछ भनेर मैले यसो हेरेँ । जतिबेला भारतमा ब्रिटिस इण्डिया गर्भमेन्ट थियो, अथवा कम्पनी सरकारको गर्भमेन्ट थियो त्यतिबेला भारतको बजेट बेलुका ४ बजे भनिँदो रहेछ ।,’’ सांसद गिरीले भने, ‘‘कारण के भने इंल्याण्डमा बिहानको १० बज्दो रहेछ । त्यतिबेला त्यहाँको बजेट त्यहाँ ब्रिटिसहरूलाई सुन्नु जरुरी रहेछ । त्यो कारणले चलेको चलन यद्यपि नेपालमा चार बजे आयो । त्यो सुधार्नुपर्‍यो । म सबै सरकार पक्षीय, प्रतिपक्ष सबैलाई भन्छु । अब आउँदो हाम्रो बजेट चार बजे होइन, १० बजे आउनुपर्‍यो ।’’


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?