Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौँ : सांसद गिरी


२८ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गिरीले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताए ।

तत्कालीन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य इंल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिसहरूलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उनले बताए । आगामी वर्षदेखि दिउँसो ४ बजे गर्नु नहुने उनको भनाइ छ ।

‘‘यो मुलुकमा सधैँ बजेट भाषणहरू बेलुका ४ बजे हुने । के कारण रहेछ त ४ बजे हुने भन्ने मैले पत्ता लगाएँ । किन बिहान १० बजे नहुने, किन १२ बजे नहुने । चाहे मल्टी पार्टी डेमोक्रेसी आएपछि होस्, चाहे गणतन्त्रमा आएपछि होस् मुलुकको बजेट ४ बजे हुने । कारण के रहेछ भनेर मैले यसो हेरेँ । जतिबेला भारतमा ब्रिटिस इण्डिया गर्भमेन्ट थियो, अथवा कम्पनी सरकारको गर्भमेन्ट थियो त्यतिबेला भारतको बजेट बेलुका ४ बजे भनिँदो रहेछ ।,’’ सांसद गिरीले भने, ‘‘कारण के भने इंल्याण्डमा बिहानको १० बज्दो रहेछ । त्यतिबेला त्यहाँको बजेट त्यहाँ ब्रिटिसहरूलाई सुन्नु जरुरी रहेछ । त्यो कारणले चलेको चलन यद्यपि नेपालमा चार बजे आयो । त्यो सुधार्नुपर्‍यो । म सबै सरकार पक्षीय, प्रतिपक्ष सबैलाई भन्छु । अब आउँदो हाम्रो बजेट चार बजे होइन, १० बजे आउनुपर्‍यो ।’’


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?