Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

आज मिति २०८० साल जेठ २८ गते आइतबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०८० साल जेठ २८ गते आइतबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलव्धी मुलक नतिजा नआए पनी आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाथ लिन सकिनेछ ।

बृष – माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

मिथुन – दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा विश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्नको लागी केहि समय पर्ख हेरको रणनीति अपनाउनु नै हितकर हुनेछ ।

कर्कट – परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

सिंह – व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनुपर्नेछ । सन्तुलित व्यावहार गर्न नसक्दा आफन्तहरु तपार्ईँदेखि टाडिनेछन् । माया प्रेममा अविश्वास तथा पति पत्नि विच मनमुटाव बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानसिक तनाब बड्नेछ । समयको र परिस्थितिको राम्रो सँग ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । बिहानको समयमा यात्रासँग सम्बन्धित काम हुनेछन् ।

कन्या – ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरु भन्दा पछी परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवाह गर्नेहरुले समयमा काम नगर्नाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायवाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी वढाउन सकिनेछ ।

तुला – बिद्यामा अरुलाई पछी पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा बाहिरी वातावरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धीत बस्तुहरु जस्तै,धातु तथा पानिसँग सम्बन्धीत बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

बृश्चिक – परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ ।

धनु – सांगठनिक टिम परिचालन गरी व्यावसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाईदा हुनेयोग रहेकोछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेकोछ । नोकरिमा सुगम स्थानमा स्थानान्तरण हुनेछ भने भनेजस्तो काम पाइने हुदा मनग्गे धन कमाउँन सकिनेछ । जीवन साथीको सहयोगले महत्वपुर्ण कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न रहनेछ । साझपख आफन्त तथा दिदि बहिनी सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ ।

मकर – सुरु गरीएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । विशिष्ट व्याक्ती हरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्यावसायमा थोरै लगानी गर्दा पनि मनग्गे आर्जन गर्न सकिनेछ भने समयले साथ दिने हुँदा पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ – बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउँने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन् ।

मीन – खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटी मागेर दैनिकी गुजार गर्नुपर्ने अवस्था आउँनसक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछी परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित विषयमा सहभागी नहुनु होला समय मध्ययम रहेकोछ । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ । नोकरी तथा बिद्यामा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धाहरु बलिया हुन सक्छन ध्यान दिनुहोला ।


प्रकाशित मिति: २८ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?