Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

शिक्षा सुधारको सन्देश बोकेको ‘ज्ञानको चिहान’ नाटक मञ्चन सुरु


शैक्षिक क्षेत्रका विसङ्गति देखाउँदै सुधारको सन्देश दिइएको नाटक ‘ज्ञानको चिहान’ मञ्चन सुरु भएको छ । शिल्पी थिएटरमा बुधबारदेखि सुरु भएको नाटक यही पुस ३० गतेसम्म मञ्चन गरिने छ । नाटकमार्फत् विश्वविद्यालयमा भएका राजनीतिक गतिविधिका रुप देखाइएको छ । नाटकमा शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न किसिमका प्रयास पनि प्रस्तुत गरिएको छ ।

विश्वविद्यालयको शैक्षिक उन्नयनका निमित्त महत्वपूर्ण योगदान दिनुपर्ने प्रेरणा दिएको नाटकले हरेक कुरामा मुकदर्शकभन्दा पनि प्रतिवाद गर्न सक्नुपर्नेमा जोड दिएको छ । राजनीति सुधार्न राजनीति नै गर्नुपर्छ भन्ने सन्देश नाटकको छ । उण्डाइस कलाकारको प्रस्तुति रहेको उक्त नाटकमा सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले निम्त्याएको समस्या, विश्वविद्यालयभित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटिएको छ । सङ्गीत सापकोटाको निर्देशन रहेको सो नाटकको कथा पूर्णबहादुर गन्धर्व, आशिष घिमिरे र नरेश रेग्मीले तयार पार्नुभएको हो । नाटकको परिकल्पनाकार पञ्चा सिंह हुनुहुन्छ ।

नाटकमा सौभाग्यसिंह राई, विशाल देवकोटा, सुचित्रा उप्रेती, उन्नतजङ्े उप्रेती, नवीन अर्याल, दीपेश काफ्ले, सञ्जीत प्रतापमल्ल, नवीन प्याकुरेल, सुनिल तामाङ, अर्जुन दुलाल, विकाश लामा, मौसम खड्का, श्रवणसिंह रानामगर, आनन्द महत, आशिष घिमिरे, निशान खत्री, सुन्दर धिताल, प्रीतिशा अधिकारी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहेको छ ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?