Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

शिक्षा सुधारको सन्देश बोकेको ‘ज्ञानको चिहान’ नाटक मञ्चन सुरु


शैक्षिक क्षेत्रका विसङ्गति देखाउँदै सुधारको सन्देश दिइएको नाटक ‘ज्ञानको चिहान’ मञ्चन सुरु भएको छ । शिल्पी थिएटरमा बुधबारदेखि सुरु भएको नाटक यही पुस ३० गतेसम्म मञ्चन गरिने छ । नाटकमार्फत् विश्वविद्यालयमा भएका राजनीतिक गतिविधिका रुप देखाइएको छ । नाटकमा शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न किसिमका प्रयास पनि प्रस्तुत गरिएको छ ।

विश्वविद्यालयको शैक्षिक उन्नयनका निमित्त महत्वपूर्ण योगदान दिनुपर्ने प्रेरणा दिएको नाटकले हरेक कुरामा मुकदर्शकभन्दा पनि प्रतिवाद गर्न सक्नुपर्नेमा जोड दिएको छ । राजनीति सुधार्न राजनीति नै गर्नुपर्छ भन्ने सन्देश नाटकको छ । उण्डाइस कलाकारको प्रस्तुति रहेको उक्त नाटकमा सामुदायिक शिक्षालाई कसरी सुधार्ने, शिक्षामा निजीकरणले निम्त्याएको समस्या, विश्वविद्यालयभित्रका समस्या र समाधानका विषयवस्तुलाई समेटिएको छ । सङ्गीत सापकोटाको निर्देशन रहेको सो नाटकको कथा पूर्णबहादुर गन्धर्व, आशिष घिमिरे र नरेश रेग्मीले तयार पार्नुभएको हो । नाटकको परिकल्पनाकार पञ्चा सिंह हुनुहुन्छ ।

नाटकमा सौभाग्यसिंह राई, विशाल देवकोटा, सुचित्रा उप्रेती, उन्नतजङ्े उप्रेती, नवीन अर्याल, दीपेश काफ्ले, सञ्जीत प्रतापमल्ल, नवीन प्याकुरेल, सुनिल तामाङ, अर्जुन दुलाल, विकाश लामा, मौसम खड्का, श्रवणसिंह रानामगर, आनन्द महत, आशिष घिमिरे, निशान खत्री, सुन्दर धिताल, प्रीतिशा अधिकारी, पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहेको छ ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?