Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

आज मिति २०८० साल जेठ २७ गते शनिबार, आजको राशीफल


आज मिति २०८० साल जेठ २७ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष – सांगीतिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेकोछ । तरपनि राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ।

वृष – यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानी गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ।

मिथुन – समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नको लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागी गरीने कामहरु अन्तिम निष्कर्षमा नपुगी बीचमा नै अवरुद्ध हुन सक्छन्,ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुदैनन । पढाइ लेखाइमा एकरुपता नहुँदा अरुभन्दा पछी परिनेछ । माया प्रेममा अविश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ।

कर्कट – बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकारा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मीहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ।

सिंह – यात्राका क्रममा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । औषधीजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइ बिभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ।

कन्या – पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडी बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पती हात लागी हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन्।

तुला – पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापार व्यावसायमा समय दिएपनि खासै उपलव्धी हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केहि मात्रामा लाभ लिन सकिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ।

वृश्चिक – दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपूर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचजस्तै सफलता पाइनेछ।

धनु – अध्ययनमा रुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलव्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेर राम्रा कामहरु गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।

मकर – राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरूबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ।

कुम्भ – व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने योग रहेकोछ।

मीन – बिभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविष्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बैक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ।


प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?