Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ : बाबुराम भट्टराई


२६ जेठ, काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने बताएका छन् ।

बिहीबारदेखि भक्तपुरमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय समिति बैठकमा उनले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्प नेतादेखि कर्मचारीसम्ममा हुनुपर्ने बताएका हुन् ।

“देशमा चरम भ्रष्टाचारको विकृति चुलिएको छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे खोज्नुपर्ने बेला आएको छ, भ्रष्टाचारको यति ठूलो सङ्क्रामक रोगबाट हामी गुज्रिरहेका छौँ”, अध्यक्ष भट्टराईले भने, “अब भ्रष्टाचारको अन्त्य गर्दै सुशासन दिने र हाम्रै कार्यकालमा देशका लागि समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्छ ।” नेपाल बदल्ने सङ्कल्पसहित नेपाल समाजवादी पार्टी गठन भएको भन्दै उहाँले आफ्नो पार्टीले निकट भविष्यमा अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने दाबी गरे ।

उनले प्रगतिशील, लोकतान्त्रिक र समाजवादी शक्तिहरूको एकता अपरिहार्य रहेको औँल्याउँदै यथास्थितिमा वाम शक्तिहरू टिक्न नसक्ने बताए । ‘अबको राष्ट्रको सङ्कल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा माथि बोल्दै उनले भने, “नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरण नगर्ने हो भने अहिलेकै साम्यवादी रूपमा अब लामो समय वाम शक्तिहरू अघि बढ्न कठिन हुन्छ ।”

विभिन्न राजनीतिक प्रतिवेदनमाथि बृहत् छलफल गर्दै बैठक भोलि समापन हुने बताइएको छ ।


प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?