Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

राजनीतिक प्रतिवेदनमा बाबुराम भट्टराईले भने – राप्रपा रुढीवादी सोच राख्ने सानो तप्का


२५ जेठ, काठमाडाैँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

भक्तपुरमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा अन्तराष्ट्रिय तथा राष्ट्रिय आयाम, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास, अर्थतन्त्रका संरचनात्मक समस्या, राजनीतिक शक्तिहरूको अवस्थाबारे विचार प्रस्तुत छ।

नेसपाले राजनीतिक शक्तिको अवस्थाबारे २०४६ सालको परिवर्तनदेखि २०६२/०६३ को आन्दोलन र जनक्रान्तिले अघि ल्याएका विचार र मुद्दा बाहक रहेको उल्लेख छ। केही २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भएपछिका नयाँ परिवेशको विचार र मुद्दाका वाहक दल भर्खर उदाउँदै गरेको ठहर गरिएको छ।

नेसपाले नेपाली कांग्रेस देशको पुरानो पार्टी प्रमुख शक्ति भए पनि समयानुकूल परिवर्तन हुन नसकेकाले खुम्चदै गएको जनाएको छ।

साम्यवादी धारको रुपमा नेपालमा २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभिन्न चिरामा रहेको उल्लेख गर्दै यी शक्तिको विचार र व्यवहारमा केही अन्तर रहेको उल्लेख गरिएको छ।

राजनीतिक प्रस्तावमा भनिएको छ, ‘‘एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदि उल्लेखनीय छन्। विचार र व्यवहारमा केही अन्तर भए पनि सबैले ‘मार्क्सवाद–लेनिनवाद’ र केहीले ‘माओवाद-विचार’लाई आफ्नो मार्गनिर्देशक सिद्धान्त, ‘जनवादी केन्द्रीयता’लाई संगठनात्मक सिद्धान्त र ‘जनवाद’बाट ‘वैज्ञानिक समाजवाद’ हुँदै ‘साम्यवाद’सम्म पुग्ने आफ्नो राजनीतिक अभीष्ट मान्दछन्।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शक्ति पुनरुत्थानवादी संवर्द्धनवादी धारको रुपमा औंल्याइएको छ। ‘राजतन्त्र र हिन्दू राज्यको पुनस्थापनालाई मुख्य मुद्दा बनाउने यो पुनरुत्थानवादी धारको मुख्य शक्ति राप्रपा हो। जुनसुकै समाजमा पनि हुने पश्चगामी र रुढीवादी सोच राख्ने सानो तप्काको प्रतिनिधित्व गर्ने यो शक्तिबारे खासै चर्चा गरिराख्नु जरुरी हुन्न’, नेसपाको राजनीतिक प्रस्तावमा उल्लेख छ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?