Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण


२५ जेठ, काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा बजेटमाथि छलफल हुँदा मन्त्रीको उपस्थिति अनिवार्य हुनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमाथिको जारी छलफलमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गरेका थिए ।

जवाफमा अध्यक्ष तिमिल्सिनाले सम्बन्धित मन्त्रीको उपस्थितिमा अर्थ मन्त्रालयका उपसचिव भन्दामाथि माथिल्लोस्तरका अधिकृत बैठकमा अनिवार्यरुपमा नोट गर्न पनि निर्देशन दिए ।

“आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल एकैपटक दुबै सदनमा चल्ने व्यवस्था भएकाले यस्तो अवस्थामा दुबैतिर एकै मन्त्रीलाई खोज्ने कुरा व्यावहारिक हुँदैन । मन्त्रीको उपस्थिति नभए बैठक नचल्ने विगतको परम्परा पनि हो ।त्यसैले म सरकार र अर्थमन्त्रालय र अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु”, अध्यक्ष तिमिल्सिनाले भने ।

बैठकमा बोलेको विषय नोट नगरी कसरी जवाफ दिनसकिन्छ भन्दै अध्यक्ष तिमिल्सिनाले अनिवार्य रुपमा बसेर सबै रिपोर्ट टिपोट गर्ने व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण गराए ।

सांसद भैरवसुन्दर श्रेष्ठले राष्ट्रियसभाको नियमावलीमा कुनै विषयमा छलफल चलिरहेको समयमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रीको उपस्थितिमा मात्रै बैठक सञ्चालन गर्न माग गरे । उनले बुधबारको बैठकमा पनि आफूले यस विषयमा ध्यानाकर्षण गराएको र सत्तापक्षका सांसदले पनि यो विषयलाई उठाएको स्मरण गराए ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?