Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मेयर बालेनले आफ्नो कार्यकक्षमा राख्न लगाए ग्रेटर नेपालको नक्सा


२५ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् ।

भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर अखण्ड भारतको नक्सा राखेपछि भारतको कदमको प्रतिवाद गर्न उनले उक्त नक्सा राख्न लगाएको बताइएको छ ।

केही दिनअघि मात्रै बालेनको कार्यकक्षमा उक्त नक्सा राखिएको बताइएको छ । तर, बालेन अहिले भारतमा भएका कारण उनले यस नक्सा सार्वजनिक भने गरेका छैनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद् भवनमा नेपालका लुम्बिनी लगायत भूभाग समेत समेटिएपछि यसबारे नेपालमा विभिन्न चर्चा भइरहेको छ ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भारत भ्रमणको समयमा भारतीय समकक्षीसँग यसबारे कुरा उठाएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?