Trending
>>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी >>   विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला >>   कैद भुक्तानपछि दीपक मनाङे जेलमुक्त >>   काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु (तस्बिरसहित) >>   अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

उपराष्ट्रपति पुन गणतन्त्र दिवस समारोहमा


उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समारोहमा उपस्थिति हुनुहुन्थ्यो ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्यमी–व्यवसायी, समाजसेवी, कलाकार, सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको समारोहमा उपस्थिति थियो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको सम्बन्धमा दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणले नयाँ आयाम थपिएको बताउनुभयो ।

उहाँले पारस्परिक सम्बन्धलाई अझ गतिशील तुल्याउन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारसँग निकट सम्पर्कमा रहेर काम गर्न आफ्नो देशको राजनीतिक नेतृत्व प्रतिबद्ध रहेको बताउनुभयो । समारोहमा भारतबाट आएका कलाकारले विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?