Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

उपराष्ट्रपति पुन गणतन्त्र दिवस समारोहमा


उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समारोहमा उपस्थिति हुनुहुन्थ्यो ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आयोजना गर्नुभएको उक्त समारोहमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, उद्यमी–व्यवसायी, समाजसेवी, कलाकार, सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको समारोहमा उपस्थिति थियो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको सम्बन्धमा दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणले नयाँ आयाम थपिएको बताउनुभयो ।

उहाँले पारस्परिक सम्बन्धलाई अझ गतिशील तुल्याउन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारसँग निकट सम्पर्कमा रहेर काम गर्न आफ्नो देशको राजनीतिक नेतृत्व प्रतिबद्ध रहेको बताउनुभयो । समारोहमा भारतबाट आएका कलाकारले विविधि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?