Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

कुवेतको संसदमा विपक्षी दलको बहुमत, एक मात्र महिला निर्वाचित


२५ जेठ, कुवेत सिटी। कुवेतको संसदीय निर्वाचनमा यहाँको विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ । एक दशकभन्दा बढी समयको अन्तरालमा भएको सातौँ आमनिर्वाचनमा विपक्षी दललाई बहुमत मिलेको हो । संसदमा एक जना मात्र महिला सांसद निर्वाचित भएकी छन् ।

निर्वाचनबाट धेरै सुधारहरूको लागि दबाब दिइरहेका इस्लामवादी र स्वतन्त्र राजनीतिज्ञहरू निर्वाचित भएका छन् । कुवेतको संवैधानिक अदालतले गत मार्चमा भएको निर्वाचनको परिणाम लाई रद्द गरेको थियो । उक्त निर्वाचनमा पनि विपक्षीहरूले महत्वपूर्ण लाभ उठाएका थिए र सन् २०२० मा निर्वाचित अघिल्लो संसदलाई पुनः स्थापित गरेका थिए ।

कुवेतको सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको मत परिणामअनुसार विपक्षी सांसदले विधायिकाका ५० सिटमध्ये २९ सिटमा जित हासिल गरेका छन् । विपक्षी समूहका उम्मेदवार जनन बुशेहरीले संसदमा एकल प्रतिनिधित्व गर्ने भएकी छन् ।

नयाँ संसद्को संरचना गत वर्ष निर्वाचित र पछि खारेज गरिएको संसद्सँग मिल्दोजुल्दो छ, जसका ५० मध्ये १२ जना बाहेक सबै सदस्यले आ–आफ्नो स्थान कायम राखेका छन् । यसले विधायिकाले फेरि एकपटक मन्त्रिपरिषद्सँग विवादमा फस्न सक्ने र राजनीतिक सङ्कटलाई अझ गहिरो बनाउने र सुधारमा ढिलाइ भएको र आर्थिक वृद्धिमा बाधा पुर्याउन सक्ने चिन्ता उत्पन्न भएको छ ।

लामो समयदेखि सभामुख रहेका मार्जुक अल–घानीम र गत वर्ष उनको स्थानमा आएका अहमद अल–सादौन दुवै संसद्मा फर्किएका छन् । सावौनले फेरि सभामुखपदका लागि उम्मेदवारी दिने अपेक्षा गरिएको छ । “हामी आज सुधारवादी दृष्टिकोणको विजयको उत्सव मनाइरहेका छौं,” विपक्षी सांसद अदेल अल–दम्खीले परिणाम घोषणापछि सञ्चारकर्मीसँग भने । “निर्वाचन परिणामले कुवेती जनताको जागरुकताको सङ्केत गरेको छ ।”

सन् १९६२ मा कुवेतले संसदीय प्रणाली अपनाएदेखि नै करिब एक दर्जन पटक संसद् विघटन भइसकेको छ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?