Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कुवेतको संसदमा विपक्षी दलको बहुमत, एक मात्र महिला निर्वाचित


२५ जेठ, कुवेत सिटी। कुवेतको संसदीय निर्वाचनमा यहाँको विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ । एक दशकभन्दा बढी समयको अन्तरालमा भएको सातौँ आमनिर्वाचनमा विपक्षी दललाई बहुमत मिलेको हो । संसदमा एक जना मात्र महिला सांसद निर्वाचित भएकी छन् ।

निर्वाचनबाट धेरै सुधारहरूको लागि दबाब दिइरहेका इस्लामवादी र स्वतन्त्र राजनीतिज्ञहरू निर्वाचित भएका छन् । कुवेतको संवैधानिक अदालतले गत मार्चमा भएको निर्वाचनको परिणाम लाई रद्द गरेको थियो । उक्त निर्वाचनमा पनि विपक्षीहरूले महत्वपूर्ण लाभ उठाएका थिए र सन् २०२० मा निर्वाचित अघिल्लो संसदलाई पुनः स्थापित गरेका थिए ।

कुवेतको सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको मत परिणामअनुसार विपक्षी सांसदले विधायिकाका ५० सिटमध्ये २९ सिटमा जित हासिल गरेका छन् । विपक्षी समूहका उम्मेदवार जनन बुशेहरीले संसदमा एकल प्रतिनिधित्व गर्ने भएकी छन् ।

नयाँ संसद्को संरचना गत वर्ष निर्वाचित र पछि खारेज गरिएको संसद्सँग मिल्दोजुल्दो छ, जसका ५० मध्ये १२ जना बाहेक सबै सदस्यले आ–आफ्नो स्थान कायम राखेका छन् । यसले विधायिकाले फेरि एकपटक मन्त्रिपरिषद्सँग विवादमा फस्न सक्ने र राजनीतिक सङ्कटलाई अझ गहिरो बनाउने र सुधारमा ढिलाइ भएको र आर्थिक वृद्धिमा बाधा पुर्याउन सक्ने चिन्ता उत्पन्न भएको छ ।

लामो समयदेखि सभामुख रहेका मार्जुक अल–घानीम र गत वर्ष उनको स्थानमा आएका अहमद अल–सादौन दुवै संसद्मा फर्किएका छन् । सावौनले फेरि सभामुखपदका लागि उम्मेदवारी दिने अपेक्षा गरिएको छ । “हामी आज सुधारवादी दृष्टिकोणको विजयको उत्सव मनाइरहेका छौं,” विपक्षी सांसद अदेल अल–दम्खीले परिणाम घोषणापछि सञ्चारकर्मीसँग भने । “निर्वाचन परिणामले कुवेती जनताको जागरुकताको सङ्केत गरेको छ ।”

सन् १९६२ मा कुवेतले संसदीय प्रणाली अपनाएदेखि नै करिब एक दर्जन पटक संसद् विघटन भइसकेको छ ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?