Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

काठमाडौँबाट राजविराज जाँदै गरेको बस बर्दिबासमा दुर्घटना, ८ जना घाइते


२४ जेठ, सप्तरी । काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नं को शिव शक्ति बस बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक आज बिहान दुर्घटना हुँदा ८ जना घाइते छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा सप्तरी नर्वे ३ का ३० वर्षीय फूल कुमार पासवान, सिराहा नरहा १ का २४ वर्षे नागेश्वरी महतो, कल्याणपुर ६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा ३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ बर्से मिथलेस दास र सिराहा गोलबाजार ६ का २७ वर्षीय राजु सदा छन् ।

घाइतेहरूलाई बर्दिबास स्थित ट्रमा सेन्टर भर्ना गरिएको छ । बर्दिबासस्थित इलाका प्रहरीका अनुसार सडक छेउमा बिग्रिएर बसेको प्रदेश २.०१.००१ख ०२२१ नं को ट्रकमा बिहान छ बजेतिर ठोकिदा दुर्घटना भएको हो । बसमा रहेका २२ यात्रु मध्ये अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?