Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

काठमाडौँबाट राजविराज जाँदै गरेको बस बर्दिबासमा दुर्घटना, ८ जना घाइते


२४ जेठ, सप्तरी । काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नं को शिव शक्ति बस बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक आज बिहान दुर्घटना हुँदा ८ जना घाइते छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा सप्तरी नर्वे ३ का ३० वर्षीय फूल कुमार पासवान, सिराहा नरहा १ का २४ वर्षे नागेश्वरी महतो, कल्याणपुर ६ का ४५ वर्षीय डोमा दास, कर्जनाहा ३ का २१ वर्षीय रामबिनय दास, २० वर्षीय मन्दिप महतो, २१ बर्से मिथलेस दास र सिराहा गोलबाजार ६ का २७ वर्षीय राजु सदा छन् ।

घाइतेहरूलाई बर्दिबास स्थित ट्रमा सेन्टर भर्ना गरिएको छ । बर्दिबासस्थित इलाका प्रहरीका अनुसार सडक छेउमा बिग्रिएर बसेको प्रदेश २.०१.००१ख ०२२१ नं को ट्रकमा बिहान छ बजेतिर ठोकिदा दुर्घटना भएको हो । बसमा रहेका २२ यात्रु मध्ये अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?