Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रतिनिधिसभाको बैठक १ः३० बजे बस्ने


२३ जेठ, काठमाडाैँ । आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी गरी अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको छ । बैठक साढे दुई घन्टापछि बस्ने गरी सूचना जारी गरिएको हो ।

सङ्घीय संसद्का महासचिवद्वारा जारी सूचनामा ११ बजे बोलाइएको सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले आजै दिनको १ः३० बजे बैठक बस्ने गरी निर्धारण गरेको जनाइएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझ्दारीका कारण सुरु हुन नसकेको हो । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक भने सूचना टाँसेर स्थगन भइसकेको छ ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?