Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


२३ जेष्ठ ,जनकपुरधाम । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नोे नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट दीगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोतसाधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने यसअघि प्रस्तुत गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेको छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकार गत वर्ष पुस २९ गते गठन भएको थियो भने सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी छन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?