Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जबरजस्ती धर्म परिवर्तन गराउनुहुँदैन : मन्त्री आचार्य


२२ जेष्ठ ,ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपालमा व्यक्तिले आफ्ना इच्छाअनुसार धर्म मान्न पाउने अधिकार रहेको तर जबरजस्ती धर्म परिवर्तन गराउन नपाउने बताएका छन् ।

ललितपुरमा आज आयोजित ‘लोकतन्त्रमा धर्म तथा आस्थाको स्वतन्त्रता’ विषयक कार्यशालामा उहाँले राज्यको धर्म नभएको र धार्मिक स्वतन्त्रताको निम्ति राज्य सधैँ गम्भीर रहेको बताए ।

ट्रान्सफर्म फाउण्डेशन नेपाल, नेपाल ख्रीष्टियन समाज र एनसिएफले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री आचार्यले भने, “ख्रीष्टियन समाज कल्यान परिषद्मा दर्ता भएको गैरसरकारी संस्था भएका कारणले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र समाजमा दुःखमा परेकालाई निरन्तर सहयोग गरिरहेको छ ।”

सांसद गङ्गा कार्कीले राज्यको कुनै पनि धर्म नभएमा सबै धर्मलाई एउटै दृष्टिले हेर्न सक्ने बताईन् । उनले भनिन्, “विभिन्न धर्ममा राम्रा कुरासँगै विकृति पनि छन् ।”

सांसद प्रकाश पन्तले कुनै पनि व्यक्तिले आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको पनि ख्याल गर्नुपर्ने र एउटाले अर्काको अस्थित्व स्वीकार गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?