Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

१३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता


२२ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् ।

बेपत्ता बालकका दिदी उर्मिला कटुवाल (खड्का)का अनुसार स्थानीय लक्ष्मीपुर माविमा कक्षा ८ मा अध्ययनरत रविन स्कुलबाट घर फर्कंनासाथ स्कुलकै पोशाकमा आफ्ना अरु कपडा बोकेर घरबाट निस्किएका थिए । उनले जिल्ला प्रहरी कार्यालय उदयपुरमा भाई बेपत्ता भएको जाहेरी दिएको बताए ।

स्थानीयको सहयोगमा रविनको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको बालकका बुवा रोहितले जानकारी दिए ।

बेपत्ता बालकको खोजीकार्य तीव्ररुपमा गरिरहेको जनाउँदै हालसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?