Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संसदमा रास्वपाका सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि…


२२ जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले प्रधानमन्त्री भैँसी चढेर स्वदेश फर्किएको भनेपछि संसद् बैठकमा होहल्लाको माहोल सिर्जना भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला भन्ने आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भन्ने कुरा सुन्नु परेको बताएपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए ।

त्यसपछि सत्ता र प्रतिपक्षका सांसदले हो-हल्ला गर्न थालेपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

तर, नेकपा एमालेका सांसद रघुजी पन्त र रास्वपा सांसद रवि लामिछानेले भैंसी चढेर आएको शब्द प्रधानमन्त्रीले नै पहिला बोलेको बताउँदै सो पनि हटाउन माग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भारतले नेपाललाई १५ वटा मुर्रा जातीका राँगा दिने प्रतिबद्धता व्यक्त गरेको छ । तर, सामाजिक सञ्जालमा भने भैँसी दिने हल्ला फैलिएपछि अहिले यो प्रकरण सामाजिक सञ्जालमा चर्चित छ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?