Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह


२२ जेठ, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताएकी छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनःप्रयोगलाई सुनिश्चित गर्न फोहर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले वातावरण प्रदूषणका विभिन्न कारणले मध्ये प्लास्टिक पनि भएको र यो वातावरण र मानव जीवनका लागि ठूलो खतराको रूपमा देखा परेको बताइन् । उनले प्राकृतिक सौन्दर्य र प्रचुर स्रोतसाधनले सम्पन्न नेपाल पनि प्लास्टिक फोहरको हानिकारक प्रभावबाट अछुतो रहन नसकेको उल्लेख बताइन् ।

‘‘हाम्रा नदी, ताल–पोखरी, हिमाल, पहाड र सहर प्लास्टिकको बढ्दो उपस्थितिले फोहर र कुरुप बन्दैछन्, जसबाट हाम्रो पारिस्थितिकीय प्रणाली, वन्यजन्तु र मानव स्वास्थ्यका लागि गम्भीर खतरा उत्पन्न भएको छ”, उनले भनिन् । उनले यति हुँदाहुँदै पनि यो निराशाको समय नभएको बरु समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय भएको बताइन् ।

“हामी सबैमिलेर यस खतराको सामना गर्न सक्छौँ, सफा एवं दिगो नेपालका लागि मार्ग प्रशस्त गर्न सक्छौँ । हामीले प्लास्टिकको न्यून प्रयोग र रिसाइकल एवं पुनः प्रयोग गर्न ठोस् कदम चाल्नै पर्दछ”, उनले भनिन् ।

यसका लागि हामीले प्लास्टिक उत्पादन, प्रयोग र फोहर व्यवस्थापनसम्बन्धी नियमको कडाइका साथ पालना गर्नुका साथै पर्यावरण अनुकूल विकल्पको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’का रूपमा मनाउन सुरु गरिएको हो ।

यो वर्ष ‘प्लास्टिक प्रदूषणको समाधान’भन्ने मूल विषय र ‘प्लास्टिक प्रदूषणलाई हराऔँ’ भन्ने अभियान नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ ।

नेपालमा पनि हामी ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस मनाउन लागिएको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?