Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मधेस प्रदेशसभामा कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुँदै


मधेस प्रदेशसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ । उक्त दलको प्रदेश संसदीय दलको नेता निर्वाचन समिति संयोजक चन्द्रशेखरकुमार यादवले आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म पार्टीको प्रदेश कार्यालयमा मतदानको कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

संसदीय दलको नेताका लागि कृष्णप्रसाद यादव र रामसरोज यादवको उम्मेदवारी परेको उहाँले बताउनुभयो । कृष्णप्रसादको प्रस्तावकमा वीरेन्द्रप्रसाद सिंह र सुनिलकुमार यादव तथा समर्थकमा जङ्गीलाल राय र नागेन्द्र साह रहनुभएको छ । यसैगरी रामसरोजको प्रस्तावकमा कौशलकिशोर राय र समर्थकमा जीवछी यादव रहनुभएको छ ।

यसअघि पार्टीको महाधिवेशनमा पनि प्रदेश सभापतिका लागि पनि उहाँहरु दुवैबीच प्रतिस्पर्धा भएकामा कृष्णप्रसाद निर्वाचित हुनुभएको थियो ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?