Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

मधेस प्रदेशसभामा कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुँदै


मधेस प्रदेशसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ । उक्त दलको प्रदेश संसदीय दलको नेता निर्वाचन समिति संयोजक चन्द्रशेखरकुमार यादवले आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म पार्टीको प्रदेश कार्यालयमा मतदानको कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

संसदीय दलको नेताका लागि कृष्णप्रसाद यादव र रामसरोज यादवको उम्मेदवारी परेको उहाँले बताउनुभयो । कृष्णप्रसादको प्रस्तावकमा वीरेन्द्रप्रसाद सिंह र सुनिलकुमार यादव तथा समर्थकमा जङ्गीलाल राय र नागेन्द्र साह रहनुभएको छ । यसैगरी रामसरोजको प्रस्तावकमा कौशलकिशोर राय र समर्थकमा जीवछी यादव रहनुभएको छ ।

यसअघि पार्टीको महाधिवेशनमा पनि प्रदेश सभापतिका लागि पनि उहाँहरु दुवैबीच प्रतिस्पर्धा भएकामा कृष्णप्रसाद निर्वाचित हुनुभएको थियो ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?