Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

राष्ट्रियसभाको बैठकमा पनि एमालेको अवरोध


२१ जेठ, काठमाडाैँ । नेकपा (एमाले)ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको विरोधमा राष्ट्रियसभाको आजको बैठक अवरुद्ध पारेको छ ।

बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरुले राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकबारे आपत्ति जनाउँदै उठेर अवरोध गरेका थिए । एमाले सांसद भैरव सुन्दर श्रेष्ठले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको भन्दै सच्याउनुपर्ने माग गरे ।

“राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ, वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने विषयमा नेकपा एमाले प्रष्ट छ, तर संसदलाई छलेर मन्त्रिपरिषद्को निर्णयबाट प्रमाणीकरणका निम्ति राष्ट्रपति समक्ष पठाउने काम आपत्तिजनक, गैरलोकतान्त्रिक र गैरसंवैधानिक छ”, उनले भने ।

उनले प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति प्रति असहमति जनाउँदै एमालेका सांसदहरुले जवाफसमेत माग गरेका छन्  । एमालेका सांसदहरुले अवरोध गरेपछि बैठक २९ मिनेटका लागि स्थगीत गरिएको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?