Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

राष्ट्रपतिज्यूले गलत तरिकाले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभयो : प्रमुख सचेतक गिरी


२१ जेठ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक फिर्ता गरी संसद बैठकको प्रक्रियाबाट अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा आज पार्टीको तर्फबाट धारणा राख्दै प्रमुख सचेतक गिरीले सो कुरा बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार प्रमुख सचेतक गिरीले असंवैधानिक ढंगले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण गरेले त्यसलाई फिर्ता गर्नुपर्ने उनले माग गरे । विधेयक संसदमा दर्ता गरेर एक हप्ताभित्र त्यसलाई टुङ्गो लगाउन सकिने उनले बताए । प्रमुख सचेतक गिरीले भने, ‘निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिज्यूले यसरी प्रमाणिकरण गर्नु गलत छ, यसलाई संसद बैठकमा ल्याउनुपर्छ ।” यसअघि २०५७ सालमा तत्कालीन राजा विरेन्द्रले लालमोहर नलगाएको नागरिकता विधेयक राष्ट्रपतिज्यूले प्रमाणिकरण गरिदिनुभयो भने के होला ? उनले जिज्ञासा गरे ।

प्रमुख सचेतक गिरीले नागरिकता विधेयकलाई संसदबाट एक हप्ता भित्र छलफल गरी पारित गरेर नागरिकताविहीन नेपालीलाई नागरिकता दिन आफ्नो पार्टी लागिपर्ने उनले बताए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?