Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

राप्ती नदीमा कृत्रिम उद्धार अभ्यास


२१ जेठ, बाँके । वर्षाको मौसम नजिकिंदै गर्दा बाँके जिल्लामा बाढी र डुबान विरुद्ध आवश्यक तयारी तीव्र गतिमा भैरहेको छ ।

हरेक वर्ष वर्षाको समयमा राप्ती नदी लगायत विभिन्न खोलामा आउने बाढी र डुबानबाट ठुलो धनजनको क्षति हुने गरेकोले न्यूनिकरणको विभिन्न तयारी भइरहेको छ । सो क्रममा बाढी र डुबानको बेला गरिने उद्धार कार्यको तयारी र अवस्था बुझ्नका लागि आइतबार डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीमा जिल्ला विपत व्यवस्थापन समिति बाँकेले उद्धार अभ्यास गरेको छ ।

राप्ती नदीको पुल छेउमा गरिएको कृत्रिम अभ्यासमा बाढी आएर मानिसहरु डुबानमा परे भने उनीहरुको उद्धार गर्ने सम्बन्धमा समितिले गरेको तयारीलाई कृत्रिम अभ्यास मार्फत देखाइएको हो ।

जिल्ला विपत व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको उपस्थितिमा सम्पन्न भएको कृत्रिम अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर सुरक्षाकर्मी तथा रेडक्रसका कर्मचारी लगायत स्वास्थ्यकर्मीहरुले भाग लिएका थिए ।

सो कृत्रिम अभ्यासमा बाढीमा डुबेका मानिसको उद्धार, उद्धार पछि उनीहरुलाई छेउमा ल्याई प्राथमिक उपचार र गम्भीर अवस्थामा रहेकालाई एम्बुलेन्स मार्फत अस्पतालसम्म पुर्याउने अभ्यास गरेर देखाइएको थियो ।

जिल्ला विपत व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यले वर्षाको बेलामा राप्ती नदीमा आउने बाढी र डुबानबाट हुने क्षति न्यूनिकरणका लागि अहिलेबाटै आवश्यक तयारी गर्न थालिएको जनाउँदै उद्धार टोली र उद्धार सामाग्रीको व्यवस्थापन गरिएको बताए ।

यस्तै, बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले बाढी र डुबानको उच्च जोखिम रहेका ठाउँहरुको पहिचान गरेर त्यहाँ बढी केन्द्रित हुन सुरक्षाकर्मीहरुलाई निर्देशन दिई सकिएको बताए । उनले प्रशिक्षित उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको र सबै ठाउँमा उच्च सतर्कता अपनाउन अहिलेबाटै सुचना गरिएको पनि जनाए।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्य, प्रहरी प्रमुख राठौर लगायत रेडक्रस बाँकेका सभापति गोवर्धनसिंह सम्झना, नेपाली सेनाको वज्रदल गणका प्रमुख श्याम आत्रेय पौडेल, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो लगायत ठुलो संख्यामा विद्यार्थि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?