Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा श्रेष्ठ


२१ जेष्ठ ,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट यातायात व्यवसायीको छाता सङ्गठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षपदमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

सङ्गठनको शनिबार राति काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्गठनको वरिष्ठ उपाध्यक्षमा किरणकुमार रिजाल, प्रथम उपाध्यक्षमा हुकुमसिंह नेपाली, द्वितीय उपाध्यक्षमा ऐनकुमार शाही, तृतीय उपाध्यक्षमा कान्छाराम थिङ र महासचिवमा सरोज खनाल निर्वाचित भएका छन् ।

यस्तै, उपमहासचिवमा टेकप्रसाद बस्याल, गान्धीराज गिरी र रामहरि श्रेष्ठ, सचिवमा रुपकलाल श्रेष्ठ, रामचन्द्र भुसाल र चिनिबहादुर बोहोरा, कोषाध्यक्षमा पुरुषोत्तम सिंखडा र सहकोषाध्यक्षमा गोपबहादुर ठकुरी निर्वाचित भएको निर्वाचन अधिकृत छविलाल न्यौपानेले जानकारी दिए ।

अधिवेशनले सङ्गठनका पूर्वअध्यक्ष डोलनाथ खनाललाई प्रमुख सल्लाहकारको भूमिका प्रदान गरेको छ । अधिवेशनले कोशी प्रदेशको संयोजकमा रामकुमार हिङमाङ, बागमती प्रदेशको संयोजकमा गुणराज घिमिरे, गण्डकी प्रदेशको संयोजकमा प्रकाशमणि तिवारी र लुम्बिनी प्रदेशको संयोजकमा जितेन्द्र खत्रीलाई जिम्मेवारी दिएको छ ।

बाँकी तीन प्रदेशको जिम्मेवारीसमेत चाँडो दिइने बताइएको छ । अधिवेशनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्कीले मुलुकलाई समाजवादी यात्रामा अगाडि बढाउनका लागि यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताईन् । “मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्रलाई अगाडि बढाउन सरकारको साथ र सहयोग रहन्छ”, उनले भनिन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले राज्यले यातायात क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न सुविधासम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने बताए । उनले २० वर्षे सवारी साधन हटाउने निर्णय इन्जिन परीक्षणको नतिजाका आधारमा हुनुपर्ने उल्लेख गरे ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?