Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

समृद्ध नेपाल बनाउने आँट म बाहेक कसैले गरेन : केपी ओली


२० जेठ, काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ बनाउने आँट कसैले पनि गर्न नसकेको बताएका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को नारा कसैले लगाउन नसकेको बताए । पार्टीको विज्ञान तथा प्रविधि विभागले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

कुनै व्यक्ति नभई सिङ्गो समाजलाई माथि उठाउन आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको उनको तर्क छ । ढिलो होइन, छिटो विकास गर्न आफूहरुले समृद्धिको एजेण्डालाई अघि बढाएको उनको दाबी छ । उनले भने, ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली नारा कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेताले उठाउन सकेन ।’

एमालेले समाज र मानवको विकास गर्ने अभियानमा रहेको उनको भनाइ छ । मानव समाजका लागि बस्न लायकको उत्तरदायी, भविष्यप्रति जिम्मेवार, विनाशकारी होइन, जिम्मेवार विकासको खाँचो रहेको र त्यो एमाले नेतृत्वको सरकारले मात्र गर्न सक्ने उनको जिकिर छ ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?