Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : सभापति थापा


२० जेठ, काठमाडाैँ । नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद दुर्लभ थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण नेपालका लागि निकै उपलब्धिमूलक भएको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको तयारीबारे आफ्नै निवासमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भने, “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालका पक्षमा सम्झौता भएका छन्, यो नेपालका लागि उपलब्धिमूलक हो ।”

राष्ट्रियताको सवाल तथा परराष्ट्र नीतिबारे व्यक्ति र दलको फरक धारणा नभई सबैको एउटै धारणा हुनुपर्नेमा उनले जोड दिए । सांसद थापाले बजेटमा सांसदलाई रु पाँच करोड बाँड्ने व्यवस्थाको आफू पक्षमा नरहेको उल्लेख गरे । फरक प्रसङ्गमा उनले संसद्को सदुपयोग ऐन, नीति, नियम बनाउने कार्य र बहसमा केन्द्रित हुनुपर्ने बताए ।

जिल्ला सम्मेलनका लागि भक्तपुरका चारवटै नगरपालिकाको सांस्कृतिक एवं ऐतिहासिक सम्पदा समेटेर तयार पारिएको लोगो सांसद थापाले सार्वजनिक गरे । भक्तपुर कांग्रेसका सहसचिव एवम् तयारी समितिका संयोजक कृष्णमुरारी न्यौपानेका अनुसार सम्मेलन सफल बनाउन १० उपसमिति गठन गरिएका छन् । सम्मेलनमा जिल्लाका चार नगरपालिकाका ३८ वटै वडामा निर्वाचित क्षेत्रीय प्रतिनिधि, पार्टीको विभिन्न तहमा रहेका समितिका सभापति, पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक सङ्घसंस्थाका प्रतिनिधि एवं पर्यवेक्षक गरी एक हजार पाँच सयभन्दा बढीको सहभागिता रहने न्यौपानेले बताए ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?