Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

आज स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्ड


२० जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लागेका हुन् ।

भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री दाहालले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए भने उनी सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदुतवासले आयोजना गरेको रात्री भोजमा सहभागी हुन पुगे ।

जेठ १८ गते प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । सोही दिन नेपाल–भारतका बिचमा ७ बुदेँ सहमतिसमेत भएको थियो । मुख्यतः सो सहमतिमा नेपालको जलबिद्युत भारतमा निर्यात गर्ने बिषयलाई प्राथमिकता दिएको थियो । भारतसँग भएको सहमति अनुसार १० बर्षमा भारतले १० हजार मेघावाट बिजुली खरिद गर्ने जनाएको थियो । भारतीय प्रधानमन्त्रीले पहिलाे पटक सिमा बिबादका बारेमा बाेल्दै समस्या हल गर्ने जनाएका थिए ।

जेठ १९ गते महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनी पुजाअर्चना गर्न पुगेका थिए । भारतका १२ ज्योर्तिलिङ मध्ये एक महाकालेश्वर मन्दिरमा पुजा अर्चना गरेका प्रचण्डले नेपालवाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैया दानसमे गरे ।

उनले सो क्रममा मन्दिर भित्र पुजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दैै आरतीसमेत गरेका थिए । दिउँसो इन्दौर देवगुराडिया ट्रेचिङ ग्राउन्डमा स्थापित एशियाको सबैभन्दा ठुलो नेप्रा र सिएनजी प्लान्टको अवोलकन गरेका थिए ।

उनी साँझ ४ बजे नेपाल एअरलाइन्सको बिमानमार्फत मुम्बईवाट स्वदेश फर्कनेछन् ।


प्रकाशित मिति: २० जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?