Trending
>>   नेपाल र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरणका लागि सम्झौता >>   अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा >>   युक्रेनमा पुनः रूसी हमला सातजनाको मृत्यु >>   त्रिशूलीमा ट्रक खस्यो >>   आज मिति २०८१ साल मङ्सिर ०४ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   मिसन –८४ मा पार्टीलाई निर्णायक शक्तिका रूपमा स्थापित गर्छौं : शङ्कर पोखरेल >>   ‘देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नु पर्छ’ >>   आज देखि २० दिन राति ११ बजेदेखि चार घण्टा पृथ्वीराजमार्ग बन्द हुने >>   आज मिति २०८१ साल मङ्सिर ०३ गते सोमबार,हेर्नुहोस आजको राशिफल >>   टेलिकमको अवरुद्ध सेवा सञ्चालन
Logo
४ मंसिर २०८१, मंगलवार
४ मंसिर २०८१, मंगलवार

लोकतन्त्र क्षयीकरण हुन थालेकोप्रति नागरिक अगुवाको चिन्ता


१९ जेष्ठ ,काठमाडौँ । नागरिक समाजका अगुवाले भ्रष्टाचारका कारण लोकतन्त्र क्षयीकरण हुनथालेकाले लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि भ्रष्टाचारविरुद्धको अभियानमा सहभागिताका लागि आह्वान गरेका छन् ।

मानवअधिकार तथा शान्ति समाजद्वारा २८औँ स्थापना दिवसको सन्दर्भमा आज आयोजित कार्यक्रममा नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेले भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयीकरण हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । “मानवअधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” विषयक गोष्ठीमा उनले लोकतन्त्रको विकल्प खोज्न नहुने र भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्न ढिलो गर्न नहुने बताए ।

नागरिक अगुवा कृष्ण पहाडीले शीर्ष नेता भ्रष्ट भएका कारण नागरिकमा निराशा बढ्दै गएको भन्दै भ्रष्ट नेतालाई कारबाही गरी लोकतन्त्र बचाउनुपर्ने बताए । समाजका कावा सभापति कृष्णबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव रेनुका पौडेलले शान्ति समाजद्वारा तयार गरिएको “मानवअधिकारदेखि मानवताको उच्चतम अभिव्यक्तिसम्म” शीर्षकको अवधारणापत्र प्रस्तुत गरेकि थिईन् ।

अवधारणापत्रमा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, सामाजिक न्याय, जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य, स्वयंसेवी/स्वाबलम्बी अन्दोलन, मानवताको उच्चतम अभिव्यक्ति उपशीर्षकमा शान्ति समाजको कार्यक्षेत्र र वर्तमान सन्दर्भमा केन्द्रित अभियानबारे प्रकाश पारिएको छ ।

कार्यक्रममा नागरिक अगुवा डा केदारनरसिंह केसी, समाजका पूर्वसभापति तथा सल्लाहकारद्वय उत्तम पुडासैनी र गोविन्द खनाल, पूर्वसभापतिहरु डा गङ्गाधर अधिकारी र होमकान्त चौलागाई, कोषाध्यक्ष किरण ढकालले भ्रष्टाचार न्यूनीकरण अभियानमा सबैको एक मत हुनुपर्नेमा जोड दिए ।

स्रष्टा अर्जुन पराजुली, रामबहादुर पहाडी, रामेश्वरी पन्त र रत्ननीधि रेग्मीले भ्रष्टाचारविरुद्ध कविता प्रस्तुत गरेका थिए । शान्ति समाज स्थापना दिवसका अवसरमा जेठ १६ गतेदेखि विभिन्न जिल्लामा सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत रक्तदान, पुस्तकदान, वस्त्रदानलगायत दर्जनौँ कार्यक्रम सम्पन्न भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर्न जोड दिँदै शान्ति समाजले सुरु गरेको अभियानअन्तर्गत विभिन्न जिल्लामा प्रदर्शन भइसकेको छ । शान्ति समाज पाल्पा शाखाले निरन्तर १७ वटा प्रदर्शन गरेको छ । विसं २०५३ जेठ १९ गते मानवअधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । यसको संस्थापक सभापति कृष्ण पहाडी हुन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?