Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

नेपाल कानुन समाज ४१ वर्षमा


मुलुकको कानुन क्षेत्रको उन्नयनका लागि स्थापना भएको नेपाल कानुन समाज ४१ वर्षमा प्रवेश गरेको छ । समाज २०३८ माघ १० गते स्थापना भएको हो । स्थापना दिवसका अवसरमा समाजले संस्थापकप्रति कृतज्ञता व्यक्त गर्दै संस्थासँग आबद्ध सबै सदस्य, सरोकारवाला तथा शुभचिन्तकमा शुभकामना व्यक्त गरेको छ ।

कानुनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको विकासका लागि समाजले विभिन्न गतिविधि गर्दै आएको समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो । लोकतन्त्रको लाभ जनस्तरसम्म पुग्नुपर्छ भन्ने सबैको एउटै विचार र अडान हुनुपर्नेमा समाजले जोड दिँदै आएको छ ।

संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र यसले परिकल्पना गरेको समावेशी लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि राज्यका तीनै अङ्ग, नागरिक समाज र सरोकारवाला सबैलाई कमजोरी नदोहोर्याउन र सकारात्मक पक्षको संवद्र्धन गर्न सङ्कल्प लिन समाजले अपिल गरेको छ । उक्त संस्थाको अध्यक्ष हाल पूर्व मुख्यसचिव तीर्थमान शाक्य हुनुहुन्छ ।


प्रकाशित मिति: १० माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?