Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास


१९ जेठ, झापा । नेपाली सेनाको अगुवाइमा झापामा विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ । अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता थियो ।

अर्जुनधारा नगरपालिका–९ स्थित सहिद स्मृति उद्यानको जलाशयमा उक्त अभ्यास गरिएको हो । बाढी र डुबानबाट निम्तिने विपद्का बेला सर्वसाधारणले अपनाउनुपर्ने सावधानी, बस्तीमा बाढी पसेपछि गरिने उद्धार कार्य, घाइतेको उपचार र राहत वितरणलगायतको कार्यको कृत्रिम अभ्यास प्रदर्शन गरिएको थियो ।

झापा मुलुककै बाढी तथा डुबानको उच्च जोखिम क्षेत्रमा पर्दछ । जिल्लाका १५ पालिकामध्ये भद्रपुर, अर्जुनधारा, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्ज र कमल पालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल बताउँछन् ।

बाढी र डुबानको उच्च जोखिममा रहेको हुँदा समुदायलाई सम्भावित क्षतिबाट जोगाउन सरोकारवाला निकायले बर्सेनि यस्तो अभ्यास गर्दै आएको र यसबाट उद्धारमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि हुने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।

नमूना अभ्यास क्रममा बाढी आएर बस्ती डुबानमा परेपछि कोलाहल मच्चिएको, वडाध्यक्षले आपत्कालीन उद्धार निकायमा सूचित गरेको, प्रमुख जिल्ला अधिकारीले उद्धारमा खटिन सुरक्षाकर्मी परिचालन गरेको, सावधानीका लागि साइरन बजेको, उद्धारमा खटिएका सुरक्षाकर्मीले रबरबोट तथा केराका थामको डुङ्गा बनाई पीडितको उद्धार गरेको, रेडक्रसकर्मीले घाइतेको प्राथमिक उपचार गरेको र राहत सामग्री वितरण गरिएकोलगायतका दृश्य देखाइएको थियो ।

झापामा प्रत्येक वर्ष बाढीबाट १० हजार परिवार प्रभावित हुँँदै आएको रेडक्रसको तथ्याङ्कमा उल्लेख छ । नेपाली सेनाको २१ नम्बर बाहिनीका सहायक रथी धनबहादुर थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाली सेनाको अरिदम गण चारआलीका प्रमुख सेनानी इमेशमेहर श्रेष्ठ, सशस्त्र प्रहरी २ नं गणका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजाललगायतले सामुदायिक विपद् व्यवस्थापनका लागि गरिएको नमूना अभ्यासको अवलोकन गरेका थिए ।

अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई सय जना र रेडक्रसकर्मी ५० जनाले भाग लिएका थिए । स्थानीय स्वस्तिका शिशु सदन र महारानीगञ्ज माविका विद्यार्थीलाई विपद्को अवस्था र जोखिम न्यूनीकरणबारे सुरक्षाकर्मीले प्रशिक्षण दिएका थिए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?