Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट


उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तानतरणलगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा राजदूत थम्पसनसँगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता थियो ।


प्रकाशित मिति: १० माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?