१७ जेठ, काठमाडाैँ । काठमाडौंको नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् ।
इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
आफूहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेपछि बालकका आफन्तले विरोध प्रदर्शन गरेका छन् ।
प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार