Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रधानमन्त्रीको भारत भ्रणममा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ : उपमहासचिव गुरुङ


१६ जेष्ठ ,चितवन । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा राष्ट्र हितका मुद्दामा छलफल हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालका मिचिएका भूमि फिर्ता गर्ने र नेपालको हित हुने विषयमा छलफल हुन जरुरी रहेको बताए ।

उनले भने, “विद्युत् बिक्रीको विषयमा छलफल भनिएको छ, भ्रमणका क्रममा राष्ट्र हितका विषयमा छलफल हुनुपर्छ ।” उनले पछिल्लो परिवर्तनमाथि खतरा हुने गरी राजतन्त्रका अवशेष सल्वलाउन थालेको बताए ।

उनले भने, “अहिलेको परिवर्तनविरुद्ध पुरातनवादी शक्ति सल्बलाउन थालेका छन् । उनीहरुको जयजयकार हुन लागेको छ । यो देशका लागि खतरा हो ।”

सरकारले ल्याएको बजेटले आफ्नो विधि प्रक्रिया मात्रै पुर्याएको उनले बताए । बजेट नारैनारामा सीमित भएको टिप्पणी गर्दै उनले भाषाले सबैतिर छोएको, मिलाएको तर स्रोतको कुनै सुनिश्चितता गर्न नसकेको बताए ।

सङ्घीय शासन प्रणालीमा सङ्घीय सरकारको एकात्मक र केन्द्रीकृत ढङ्गको बजेट आएको उनले बताए ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?