Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कार्यविधिमाथि छलफल


१६ जेष्ठ ,काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेश गर्ने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए ।

“प्रस्तावित कार्यविधिमाथि संशोधन गर्नुपर्ने देखियो । प्रत्येक दलबाट एक–एक जना समिति सदस्य मिलेर कार्यविधिलाई टुङ्ग्याउनुहुन्छ”, उनले भने, “अर्को बैठकमा टुङ्ग्याइएको कार्यविधि पेश गरेर पारित हुन्छ ।”

उनका अनुसार अर्को बैठक यही जेठ १८ गते र पूर्ण बैठक यही जेठ २१ गते बस्ने छ । ज्येष्ठ सदस्य कालुराम राईको अध्यक्षमा बैठक बसेको थियो ।

समितिको कार्यक्षेत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?