Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर


तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ ।

बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ । सडकमा सवारीसाधन न्यून चलेका छन् । नेपालगञ्जमा बिहानैदेखि हुस्सु र कुहिरोले अत्यधिक चिसो भएको स्थानीय रामसुहावन यादवले बताउनुभयो । “चिसोले घरबाहिर निस्किन सकिएको छैन”, उहाँले भन्नुभयो । चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले काम गर्न जान नपाएको बाँकेको डुडुवा गाउँपलिका–४ का रामदिन गोडियाले बताउनुभयो । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् ।

चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय र ज्येष्ठ नागरिक बढी प्रभावित छन् । चिसोकै कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायतका बिरामी बढेका छन् ।


प्रकाशित मिति: १४ पुष २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?