Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संसदीय सुनुवाइ समितिको बैठक सुरू


१६ जेठ, काठमाडाैँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ । समितिका जेठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन् । सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे । प्रधानन्यायाधीश नियुक्ति लगायतका कामहरूको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरि समितिले काम गर्ने विश्वास व्यक्त गरे । उनले सिफारिस भएर आएका व्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशन भन्दा पनि आफैँले स्वतन्त्रपुर्वक निर्णय गर्न समितिलाई आग्रह पनि गरे ।


प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?