Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ


१५ जेठ, काठमाडाैँ । नेपाली कांग्रेस निटकको विद्यार्र्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसङ्घले प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ । साथै नेविसङ्घले प्रधानमन्त्रीसँग विभिन्न माग राखेको छ ।

सङ्गठनको तर्फबाट आफ्ना माग प्रस्तुत गर्दै नेविसङ्घ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारका निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखे।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए । साथै शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविष्कार तथा अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भइराखेको उनले बताए ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?