Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

कर्णालीका मुख्यमन्त्रीको पूर्वराजालाई चेतावनी – डाँडो कटाउन नपरोस्


१५ जेठ, सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रविरूद्ध बोल्नेहरूलाई डाँडा कटाउनुपर्ने टिप्पणी गरेका छन् । सोमबार १६ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त चेतावनी दिएका हुन् ।

विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरु भइरहेको छ। म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवाद हुनसक्छ।’ उनले पुर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला अभिव्यक्तिप्रति लक्षित गर्दै भनेका छन् ।

उनले देशमा  आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेको दाबी गर्दै भने, ‘देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरु एक ठाउँमा हुने गरेका छन् । यो व्यवस्था दशकौं लामा संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस् ।’


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?