Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

प्रदेश प्रमुख परियारद्वारा गणतन्त्र दिवसको शुभकामना


१५ जेठ, कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औँ गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

उनले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा दिदीबहिनी–दाजुभाइहरूमा सामाजिक न्याय, सुशासन, समृद्धि प्राप्तिको शुभकामना व्यक्त गरेका हुन् । आज यहाँ शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले झण्डै अढाइ सय वर्ष पुरानो हिन्दू एकात्मक सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरी गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन सबैका लागि स्मरण गर्नलायक भएको बताए ।

दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट देशमा विद्यमान विभेद, शोषण, दमनमा परेका वर्ग, जाति उपेक्षित क्षेत्रका उत्पीडित जनसमुदायको मुक्तिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरुप्रति श्रद्धाञ्जलि एवं बेपत्ता घाइते, अपाङ्ग योद्धाहरूको उच्च सम्मान गर्दै उनले भनेका छन्, “करोडौँ नेपाली जनताको त्याग एवं बलिदानबाट नागरिकको अधिकार नेपालको संविधान–२०७२ ले संस्थागत गरेको छ । ती अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दै अघि बढ्नु आजको आवश्यक्ता हो । दिवसले हिमाल, पहाड, मधेस, तराईबीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न प्रेरित गरोस् भन्ने सदिच्छा प्रकट गर्दछु ।”

प्रदेश प्रमुख परियारले नेपाली जनतालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने ऊर्जा मिलोस् भन्ने कामना गरेका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?