Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रदेश प्रमुख परियारद्वारा गणतन्त्र दिवसको शुभकामना


१५ जेठ, कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘१६औँ गणतन्त्र स्थापना दिवस २०८०’ को उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

उनले कर्णाली प्रदेशवासी तथा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा दिदीबहिनी–दाजुभाइहरूमा सामाजिक न्याय, सुशासन, समृद्धि प्राप्तिको शुभकामना व्यक्त गरेका हुन् । आज यहाँ शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले झण्डै अढाइ सय वर्ष पुरानो हिन्दू एकात्मक सामन्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरी गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन सबैका लागि स्मरण गर्नलायक भएको बताए ।

दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनबाट देशमा विद्यमान विभेद, शोषण, दमनमा परेका वर्ग, जाति उपेक्षित क्षेत्रका उत्पीडित जनसमुदायको मुक्तिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरुप्रति श्रद्धाञ्जलि एवं बेपत्ता घाइते, अपाङ्ग योद्धाहरूको उच्च सम्मान गर्दै उनले भनेका छन्, “करोडौँ नेपाली जनताको त्याग एवं बलिदानबाट नागरिकको अधिकार नेपालको संविधान–२०७२ ले संस्थागत गरेको छ । ती अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दै अघि बढ्नु आजको आवश्यक्ता हो । दिवसले हिमाल, पहाड, मधेस, तराईबीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न प्रेरित गरोस् भन्ने सदिच्छा प्रकट गर्दछु ।”

प्रदेश प्रमुख परियारले नेपाली जनतालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने ऊर्जा मिलोस् भन्ने कामना गरेका छन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?