Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

‘सरकारले बाँदर बचाउने हो कि मानिस’


१५ जेठ, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्थिइन् । उनलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क ।

“बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, उनले गुनासो गरिन्, “जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ ।” तरकारी, मकै लगाएको खेतमा चौबीसै घण्टा निगरानी गर्न नसकिने र निगरानी गर्दा गर्दै पनि बाँदरले खेती खाइदिएर दिक्क बनाएको उनले बताइन् ।

“दुई रोपनीमा मकैखेती गरेको थिएँ, बाँदरले एक मिनेटमै सबै खेती नष्ट गरिदियो, बाँदर आतङ्कले मैले तरकारी खेती गर्न छाडिदिएँ”, उनले भनिन् । तरकारी खेती छाडेर राना अहिले मौरीपालनतर्फ लागेकी छन् । बाँदरको समस्या नहुने भएकाले मौरीपालनतर्फ लागेको रानाको भनाइ छ ।

रानाले मौरीपालनसँगै दालचिनी खेती गरेकी छन् । दालचिनीबाट मात्रै वार्षिक रु चार लाख आम्दानी हुने गरेको छ । उनले भनिन्, “बाँदरबाट पीडित भएपछि मौरीपालन व्यवसाय सुरु गरेँ, अहिले आनन्द छ । तर गाउँमा अझै पनि बाँदरको समस्या छ, अन्य कृषक हैरान हुनुहुन्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ ।”

बाँदरले खेतीपाती मात्र नभई घर-घरमा सुतिरहेको अवस्थामा वृद्धवृद्धालाई आक्रमण गरेर घाइते बनाउने गरेको उनले बताइन् । उनले भनिन्, “हामी बाँदरलाई निर्मूल पार्नुपर्छ भन्दैनाैँ तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसतर्फ सरकारले सोचोस् ।” उनले बाँदर व्यवस्थापनका लागि निकुञ्ज स्थापना गर्नुपर्ने माग गरिन् ।

बन्दीपुर गाउँपालिका-३ का होमबहादुर विक पनि बाँदर आतङ्कले हैरान छन् । बाँदर आतङ्कले खेतीबाली जोगाउन मुस्किल भएको उनको गुनासो छ । “बाँदरले सबै अन्नबाली खाइदिन्छ, मान्छेले के खाने ?”, उनले भने, “ सरकारले बाँदर बचाउने हो कि मानिस बचाउने हो सोच्नुपर्यो ।”

खेतबारीमा मात्र नभई घरमा राखिएका खानेकुरा पनि बाँदरले खाइदिने गरेको उनको गुनासो छ । “बाँदर आतङ्कले आजित भइसक्याँै, खै कसले हाम्रो पीडा सुनिदिने हो”, उनले भनिन्, “नेपाल कृषि प्रधान देश भनिन्छ तर कृषि गरेर खान नसकिने भइयो ।” बाँदर मार्न नपाइने भएकाले यसको कसरी व्यवस्थापन गर्ने हो सम्बन्धित निकायले हेरिदिनुपर्ने उनको माग छ ।

बन्दीपुर गाउँपालिका-२ का नारायण केसीले बाँदर आतङ्कले गर्दा खेतबारी बाँझो हुने क्रम बढेको बताए। उनले भने, “वर्षभरि दुःख गरेर खेती गर्यो, खेती बाँदरले खाइदिएपछि कृषक निराश हुनुपर्ने अवस्था छ । दुःखको फल नपाउने भएपछि किन खेती गर्ने भन्ने कृषकको सङ्ख्या बढ्दो छ । जग्गा बाँझो हुने क्रम बढेको छ ।” सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिए पनि बाँदर आतङ्कका कारण कृषक कृषिबाट विस्थापित हुनुपरेको केसीको भनाइ छ ।

व्यास नगरपालिका-१२ धरादीका प्रेमकुमारी थापाको पीडा पनि उस्तै छ । अहिले मकैखेती गरिएकामा बाँदरले सबै मकै भाँचिदिएको उनको गुनासो छ । “बाँदरले मकै भाँचेर सोत्तर बनायो, केही राखेन”, उनले भनिन् । व्यास नगरपालिका-६ शिशाघाटका कृषक बलबहादुर चदौलाले बाँदर आतङ्कले कहिल्यै खेती खान नपाइएको गुनासो गरिन् । उनले भनिन्, “मकै, घिरौला, काँक्रो केही राख्दैन, सबै खाइदिन्छ, बच्ने भनेको खुर्सानी मात्र हो ।”

भानु नगरपालिका-४ का अनिता गुरुङले बाँदरबाट कृषिमा भएको क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्ने माग राख्नुभयो । “दुःख गरेर गरेको खेती बाँदरलाई मात्रै हुन्छ, हामीलाई कसले क्षतिपूर्ति दिन्छ खै ?”, उनले भनिन् ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?