Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयक प्रस्तुत


१५ जेष्ठ ,तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक माथि छलफल गरियोस्, भनीे प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रस्तुत विधेयकमाथि सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना, सङ्घीयताको सबलीकरण तथा सुशासन प्रवर्द्धन गर्ने गरी आगामी बजेट आउन लागेको मन्त्री मास्कीले बताए ।

उनले स्रोत साधनको परिचालनमा मितव्ययिता एवम् प्रभावकारिता कायम गर्नेतर्फ बजेट लक्षित हुने बताएयो । साथै उनले विकासको दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता राख्ने योजना रहेको बताए ।

शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, खानेपानी, ऊर्जा, भवन तथा सहरी विकास लगायतका क्षेत्रमा ठूला आयोजनालाई प्राथमिकतामा राखि गौरवका आयोजनाका रुपमा विकास गर्ने बताए ।


प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?