Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

सूचना प्रणाली अद्यावधिक गर्न निर्देशन


१४ जेष्ठ ,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह (सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृति) का विद्यालयले आउँदो असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गरिसक्न निर्देशन दिइएको छ ।

केन्द्रका निर्देशक रामचन्द्र शर्माले आज एक सूचना प्रकाशित गर्नु भई सबै प्रकार र तहअन्तर्गतका सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृतिका विद्यालयले शैक्षिक सत्र २०८० को लागि सिस्टममा अद्यावधिक गर्न निर्देशन दिएको हो ।

विद्यालय शिक्षासँग सम्बन्धित तथ्याङ्क र सूचना वेब बेस्ड सिस्टममा व्यवस्थापन गरी तिनको सङ्कलन, एकीकरण, विश्लेषण, प्रतिवेदन तयारी, प्रवोधीकरण र प्रकाशन गर्दै त्यसको आधारमा योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका कार्यहरु केन्द्रले गर्दै आएको उक्त सूचनामार्फत जनाएको छ ।

शैक्षिक सत्रको सुरुमा र शैक्षिक सत्रको अन्त्यमा गरी प्रत्येक शैक्षिक सत्रमा दुई पटक अनलाइन अद्यावधिक गर्ने गर्न सकिने जनाइएको छ । यसरी अद्यावधिक गर्दा मोन्टेरी–ईसीइडीदेखि कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयले आआफ्नो विद्यालयको एक्सल बेस्डको आइइएमआइएस अनिवार्य रुपमा अद्यावधिक गर्ने तथा नयाँ विद्यालय भए निर्धारित मितिभित्र स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विवरण भर्नुपर्ने केन्द्रले जनाएको छ ।

कुनै स्थानीय तहभित्र कक्षा ११ र १२ मात्र सञ्चालन गरिरहेका विद्यालयले अनिवार्य रुपमा विवरण अद्यावधिक गर्नुपर्ने केन्द्रले उक्त सूचनामार्फत जानकारी दिएको छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?