Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

सूचना प्रणाली अद्यावधिक गर्न निर्देशन


१४ जेष्ठ ,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह (सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृति) का विद्यालयले आउँदो असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गरिसक्न निर्देशन दिइएको छ ।

केन्द्रका निर्देशक रामचन्द्र शर्माले आज एक सूचना प्रकाशित गर्नु भई सबै प्रकार र तहअन्तर्गतका सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृतिका विद्यालयले शैक्षिक सत्र २०८० को लागि सिस्टममा अद्यावधिक गर्न निर्देशन दिएको हो ।

विद्यालय शिक्षासँग सम्बन्धित तथ्याङ्क र सूचना वेब बेस्ड सिस्टममा व्यवस्थापन गरी तिनको सङ्कलन, एकीकरण, विश्लेषण, प्रतिवेदन तयारी, प्रवोधीकरण र प्रकाशन गर्दै त्यसको आधारमा योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका कार्यहरु केन्द्रले गर्दै आएको उक्त सूचनामार्फत जनाएको छ ।

शैक्षिक सत्रको सुरुमा र शैक्षिक सत्रको अन्त्यमा गरी प्रत्येक शैक्षिक सत्रमा दुई पटक अनलाइन अद्यावधिक गर्ने गर्न सकिने जनाइएको छ । यसरी अद्यावधिक गर्दा मोन्टेरी–ईसीइडीदेखि कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयले आआफ्नो विद्यालयको एक्सल बेस्डको आइइएमआइएस अनिवार्य रुपमा अद्यावधिक गर्ने तथा नयाँ विद्यालय भए निर्धारित मितिभित्र स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विवरण भर्नुपर्ने केन्द्रले जनाएको छ ।

कुनै स्थानीय तहभित्र कक्षा ११ र १२ मात्र सञ्चालन गरिरहेका विद्यालयले अनिवार्य रुपमा विवरण अद्यावधिक गर्नुपर्ने केन्द्रले उक्त सूचनामार्फत जानकारी दिएको छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?