Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

जलहरी प्रकरण : ओलीलाई जोडेको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन


१३ जेठ, काठमाडाैँ । सभामुख देवराज घिमिरेले पशुपतिनाथमा जलहरी लगाउँदा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोडेको अभिव्यक्तिलाई अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी सांसद लेखनाथ दाहालले ओली सरकारको पालामा पशुपतिनाथमा जलहरीमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

सो आरोपसँगै एमालेले संसद अवरूद्ध गर्दै बैठक बस्न दिएको थिएन ।

उक्त आरोपबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भएको र उक्त विषयमा कुनै विवाद नभएको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘पशुपति नाथको जलहरीबारे चर्चा उठेको छ। पशुपति क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो। काम गरेको विषयमा कुनै विवाद छैन। त्यसमा अख्तियारमा निवेदन छानविन अनुसन्धान भइरहेको छ । आयोगले स्वतन्त्र छानविन गर्ने नै छ। सहयोग रहनेछ। कोषसँग सम्बन्धी विषयमा प्रमुख नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित होइन।’


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?