Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

पूर्व नगर प्रमुखहरुको सम्मानमा मेयर पार्क निर्माण हुँदै


१३ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले पूर्व नगरप्रमुखहरुको सम्मानमा पर्यटन क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा ४ बगाहास्थित माटेखाडी सालघारी क्षेत्रमा आईल्याण्डसहितको मेयर पार्क निर्माण सुरु गरेको छ ।

यसअघि सो क्षेत्रमा हरित पार्क निर्माण गर्ने भनी जग्गा संरक्षण गरिएको तर त्यस्तो पार्क निर्माण हुन नसकेपछि सोही स्थानमा अहिले रमणीय मेयर पार्क निर्माण गर्न लागिएको त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार वस्नेतले बताए ।

कदमाहा गाईघाट मोटरबाटोसँगै जोडिएको सो क्षेत्र पर्यटकीय स्थलसमेत भएकाले त्यहाँ त्रियुगा नगरपालिकाका प्रथम नगरप्रमुख स्वर्गीय लालसेर राईको सम्मानमा अर्धकदको प्रतिमासहितको सुविधासम्पन्न मेयर पार्क निर्माण गर्न लागिएको उनले बताए ।

मेयर पार्क निर्माणको शनिवार एक कार्यक्रमबीच शिलान्यास गर्नुहुँदै त्रियुगा नगरपालिकाका नगर प्रमुख वस्नेतले सो स्थानमा रहेको सिमसार क्षेत्रको संरक्षणसँगै यस किसिमको पार्क निर्माणबाट आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य रुपमा सहभागिता हुने र त्यसबाट यहाँका स्थानीय बासिन्दालाई आर्थिक र सामाजिक पक्षमा राम्रो फाइदा पुग्ने बताए ।

करिव आठ बिघा जग्गामा फैलिएको निर्माणधीन मेयर पार्कभित्र निर्माण गरिने साङ्गीतिक कार्यक्रम स्थल, बनभोज कार्यक्रमस्थल, धार्मिक तथा पौराणिक महत्वका बिभिन्न बस्तुहरुको आकृति, स्विमिङ् पोखरी, आवाससहितको बिश्राम गृहसमेत बनाउने योजना रहेको नगरप्रमुख वस्नेतले बताए ।

उनका अनुसार पर्या पर्यटनको विकासका साथै पारिवारिक वातावरणमा गरिने रमाइलो उत्सव आदिका लागि आवश्यक सवै प्रकारको सुविधा सम्पन्न पार्क निर्माणका लागि योजना निर्माण गरी आवश्यक भौतिक संरचनाहरु बनाउनेक्रम जारी रहेको छ ।

यो वर्ष शौचालय दुईवटा, सुरक्षाकर्मिका लागि आवास कोठा, भान्सा कोठा, टिकट घर, दुई ठूला पोखरीको बीचमा पानीको निकास प्रवाहका लागि होमपाइप जडान, ठूलो पोखरीको उत्तरतर्फ मन्दिर निर्माण, पूर्वतर्फ ईन्टरलक ईटा जोडेर रिङरोड निर्माण तथा सो क्षेत्रमा रहेको खाडलमा बाहिरको माटो ल्याएर पुर्ने काम समेत गर्न मूल्य अभिबृद्धि करसहित ३१ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनि शौभाग्य निर्माण सेवाका प्रोपाइटर सरोज वस्नेतले बताए ।

यसअघि माटेखाडी सालघारी हरित पार्क निर्माणका लागि भनेर अघिल्ला वर्षमा नै त्रियुगा नगरपालिकाले ४२ लाख ४९ हजार रुपियाँ र स्थानीय उपभोक्ता समितिका तर्फबाट सात लाख ५० हजार नगद जम्मागरी कूल ४९ लाख ९९ हजार रुपियाँको लागतमा चारैतर्फ पक्की पर्खाल बनाइएको वडा ४ का वडा अध्यक्ष बद्रीकुमार वस्नेतले बताए ।

त्रियुगा नगरपालिकाको वडा ३ र ४ को सिमानामा अवस्थित मेयर पार्कको मुख्य आकर्षणका रुपमा रहेका आइल्याण्डसहितका दुईवटा पोखरी र यसमा विभिन्न प्रजातिका हाँस र पानीमा आहारा खोज्ने अन्य चराहरुलगायत पार्कभित्र हाल ३२ प्रजातीका चराहरु हेर्न सकिने भएकाले चराहरुको अध्ययन अनुसन्धान गर्नेहरुका लागि समेत यो पार्क अत्यन्त महत्वपूर्ण सावित हुने वडा ३ का वडा अध्यक्ष तिलक कटुवालले बताए ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?