Trending
>>   लुम्बिनी लायन्स शिर्षमा >>   नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल >>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे >>   रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत >>   फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम
Logo
१८ कार्तिक २०८३, बुधबार
१८ कार्तिक २०८३, बुधबार

अमेरिकी रक्षामन्त्री अस्टिनले अर्को साता भारत भ्रमण गर्ने


१३ जेठ, वासिङ्टन । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्ने भएका छन् । अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने क्रममा उनले रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

यो भ्रमणले नयाँ रक्षा नवप्रवर्तन र औद्योगिक सहयोग पहललाई गति दिने र संयुक्त राज्य अमेरिका र भारतीय सेनाबीच सैन्य परिचालन सहयोग विस्तार गर्न जारी प्रयासहरूलाई गति दिने अवसर प्रदान गर्ने बताइएको छ । भारत आउनुपूर्व अमेरिकी रक्षामन्त्री लोयडले जापानको भ्रमण गर्नेछन् । जापानमा रहँदा रक्षामन्त्री यासुकासु हमादा र अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्नुका साथै जापानमा तैनाथ अमेरिकी सेनाको गतिविधिबारे भ्रमण अवलोकन गर्ने कार्यक्रम छ ।

अमेरिका र जापानले गठबन्धनको क्षमतालाई आधुनिकीकरण गर्न, अमेरिकी सेनाको स्थितिलाई अनुकूलन गर्न र यस वर्षको सुरुमा ऐतिहासिक अमेरिका–जापान ‘२ ं२’ मन्त्रीस्तरीय बैठकपछि समान विचारधारा भएका साझेदारहरूसँग सम्बन्ध निर्माण गर्न महत्वपूर्ण कदम चालिरहेका बेला मन्त्री अस्टिनको भ्रमण हुन लागेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसपछि विदेशमन्त्री अस्टिन सिंगापुर जानेछन् । उनले सिङ्गापुरमा हुने ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)’ को २० औं साङ्ग्रिला वातालाई सम्बोधन गर्नेछन् ।

वार्ताको क्रममा विदेशमन्त्रीले आसियान केन्द्रीयतामा आधारित स्वतन्त्र र खुला हिन्द–प्रशान्तका लागि अमेरिकी साझा दृष्टिकोणको समर्थनमा यस क्षेत्रमा अमेरिकी रक्षा साझेदारीलाई अगाडि बढाउन प्रमुख नेताहरूसँग भेटघाट गर्नेछन् । सिङ्गापुरको भ्रमण सकेर सेक्रेटरी अस्टिनले भारत भ्रमण गर्नेछन् ।

डि–डेका ७९ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा भाग लिनुहुनेछ । फ्रान्सको नोरम्यान्डी आक्रमण जसलाई डि–डेको नामले पनि चिनिन्छ । त्यहाँ फ्रान्सेली तथा बेलायतका रक्षा मन्त्रीहरूसँग भेटघाटपछि अस्टिनले फ्रान्सको भ्रमणका साथै आफ्नो भ्रमणलाई समापन गर्नेछन् ।


प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?