Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव


नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुँयाल र पदमबहादुर खड्का चयन हुनुभएको छ ।

उपाध्यक्षमा पूर्वक्षेत्रतर्फ ईश्वरचन्द राजवंशी, मध्य क्षेत्रमा सूर्यदेवप्रसाद यादव र पश्चिम क्षेत्रमा वसन्तकुमार राय निर्वाचित हुनुभएको छ । सङ्घको महासचिवमा रेवती प्रकाश सुवेदी र उपमहासचिवमा नीरेन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ । सचिवमा पूर्व क्षेत्रतर्फ श्यामकिशोर चौधरी, मध्यक्षेत्रतर्फ नरबहादुर विष्ट र पश्चिम क्षेत्रतर्फ रामरतन रजक निर्वाचित हुनुभएको छ । सङ्घको सहसचिवमा झरना दाहाल, कोषाध्यक्षमा सनोदकुमार पौडेल र सहकोषाध्यक्षमा उपेन्द्रकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, सदस्यतर्फ सीता महर्जन, अम्बिका पोखरेल, भगीरथ खड्का, सालिकराम मिश्र, कमलप्रसाद पाण्डे, अञ्जु कोइराला दाहाल, भुषण अधिकारी, गिरीप्रसाद पराजुली, ओमराज रेग्मी, ग्याल्छेन तामाङ, हस्तबहादुर धलान, गणेशप्रसाद पौडेल, शिवलाल घर्ती र रामप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।


प्रकाशित मिति: ८ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?