Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव


नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ । महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुँयाल र पदमबहादुर खड्का चयन हुनुभएको छ ।

उपाध्यक्षमा पूर्वक्षेत्रतर्फ ईश्वरचन्द राजवंशी, मध्य क्षेत्रमा सूर्यदेवप्रसाद यादव र पश्चिम क्षेत्रमा वसन्तकुमार राय निर्वाचित हुनुभएको छ । सङ्घको महासचिवमा रेवती प्रकाश सुवेदी र उपमहासचिवमा नीरेन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ । सचिवमा पूर्व क्षेत्रतर्फ श्यामकिशोर चौधरी, मध्यक्षेत्रतर्फ नरबहादुर विष्ट र पश्चिम क्षेत्रतर्फ रामरतन रजक निर्वाचित हुनुभएको छ । सङ्घको सहसचिवमा झरना दाहाल, कोषाध्यक्षमा सनोदकुमार पौडेल र सहकोषाध्यक्षमा उपेन्द्रकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, सदस्यतर्फ सीता महर्जन, अम्बिका पोखरेल, भगीरथ खड्का, सालिकराम मिश्र, कमलप्रसाद पाण्डे, अञ्जु कोइराला दाहाल, भुषण अधिकारी, गिरीप्रसाद पराजुली, ओमराज रेग्मी, ग्याल्छेन तामाङ, हस्तबहादुर धलान, गणेशप्रसाद पौडेल, शिवलाल घर्ती र रामप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।


प्रकाशित मिति: ८ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?