Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नक्कली भुटानी शरणार्थी प्ररणमा मेरो नजिकका व्यक्तिलाई जबरजस्ती पोल्न लगाइयो : केपी ओली


१२ जेठ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्ररणमा आफू नजिक रहेका व्यक्तिलाई जबरजस्ती पोल्न लगाइएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा जारी अनुशिक्षणमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न बयानसमेत रोकिएको आरोप लगाएका छन् ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले, खासगरी मेरो नजिकका रहेका भनिएका मानिसहरूलाई कसरी नाम पोल्न लगाउने? कसरी नाम लेख्न लगाउने? कसरी नाम मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने? भयो । प्रहरीकहाँ कसैले बयानमा नाम उच्चारण गर्‍यो भने अखबारमा सँगसँगै कसरी पुग्छ? कहिलेकहिले अघिल्ला दिन अखबारमा पुग्छ, भोलिपल्ट बयानमा आउँछ, कस्तो तयारीसाथ भइरहेको छ।’

 


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?