Trending
>>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

दिगो विकासका लक्ष्य अनुसार कार्यक्रम तय गर्न स्थानीय तहलाई परिपत्र


१२ जेठ, काठमाडौं । सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका सबै सूचक हासिल गरिसक्ने गरी आफ्ना वार्षिक योजना र बजेट कार्यक्रम तयार पार्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ ।

गत चैत २४ गते बसेको ‘दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समिति’को बैठकल दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्ने भन्दै मन्त्रालयले गत मङ्गलबार यस्तो परिपत्र गरेको हो ।

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको उक्त बैठकले दिगो विकास लक्ष्यको कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने र यसमा सबै मन्त्रालय, प्रदेश तथा स्थानीय तहले आ–आफ्नो अधिकार क्षेत्रभित्र पर्ने लक्ष्य प्राप्तिका लागि रणनीति बनाई लागू गर्ने निर्णय गरेको थियो ।

‘दिगो विकास लक्ष्यको स्थानीयकरणमा जोड दिने र सबै प्रदेश तथा स्थानीय तहले आधार तथ्याङ्क तथा सन् २०३० सम्मको लक्ष्य तोकी सूचक तयार गर्ने र योजना तथा बजेटमा आन्तरिकीकरण गरी कार्यान्वयन गर्नुपर्नेछ’, मन्त्रालयको परिपत्रमा भनिएको छ । लक्ष्य प्राप्तिका लागि सबै प्रदेश र स्थानीय तहले समेत आन्तरिक रणनीति तयार पार्नुपर्नेछ ।

सन् २०१५ मा नेपालसहित विश्वका एक सय ९३ राष्ट्रले संयुक्तरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्यले २०३० सम्ममा विश्वव्यापी रूपमा गरिबी अन्त्य गर्ने, वातावरण संरक्षण गर्ने, तथा शान्ति र समृद्धि हासिल गर्नेलगायत लक्ष्य लिएको छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?