Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

ओलीलाई भ्रष्टाचारी भनेपछि एमालेले भन्यो – सरकारको जवाफबिना सदन चल्न दिदैनाैँ


१२ जेठ, काठमाडाै । नेकपा(एमाले) का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टाचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सुरुमै बोल्दै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद् बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले केपी ओलीले पशुपतिमा जलहरी चढाउँदा भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै यस सम्बन्धमा सरकारको स्पष्ट जवाफको माग गरे ।

‘‘पछिल्लो समय हामी देख्दैछौँ, सदनभित्र भ्रष्टाचारका विषयहरू मन लाग्दोगरी खासगरी संसारमा प्रतिपक्षले सत्तापक्षलाई विभिन्न विषयमा प्रश्नहरू औँल्याउने गर्छ । प्रश्न सोध्ने गर्छ । घच्घचाउने गर्छ । यहाँ त दुर्भाग्य के छ भने सभामुख महोदय बिना आधार, बिना प्रमाण, सत्ता पक्षका माननीयज्यूहरूले प्रमुख प्रतिपक्ष दलका नेतालाई इङ्गित गर्दै भ्रष्टाचार गरेको कुरा यही सदनको रोष्टमबाट बताइन्छ । यतिसम्म भएको छ ।,’’ सांसद गिरीले भने, ‘‘जेठको १० गते यही रोष्टमबाट लेखनाथ दाहाल भन्ने सत्तापक्षको माननीयले भन्नुभयो हिजो नेकपा (एमाले)को सरकार हुँदा केपी शर्मा ओलीले पशुपतिनाथको गजुरमा जलहरी लगाउने भनेर, सुन लगाउने नाममा पित्तल लगाउने काम भएको छ र भ्रष्टाचार भएको छ भन्ने गम्भीर आरोप यही सदनमा लगाउनुभएको छ ।’’

सांसद गिरीले सत्तापक्षले प्रतिपक्षी दलका नेतालाई आधार, प्रमाण बिना आरोप लगाएको भन्दै सरकारको जवाफ बिना संसद् चल्न नदिने स्पष्ट पारे ।

‘‘यो आरोप कसरी आएको छ ? के तथ्यमा उभिएर आएको छ ? सत्तापक्षले यसरी मनपरी ढङ्गले प्रमाण बेगर, तथ्य बेगर आरोप लगाउने कुरा कदापि हामीलाई स्वीकार्य हुन सक्दैन । हामी यसलाई निन्दा गर्न चाहन्छौँ । यसलाई हामी भर्त्सना पनि गर्न चाहन्छौँ ।,’’ उनले भने, ‘‘यदि पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनेदेखि सरकारसँग माग गर्न चाहन्छु सुन हो कि पित्तल हो भन्ने कुरा यो सरकारले सदनलाई जवाफ दिनुपर्छ । यथार्थ कुरा के हो सदनमार्फत आम नेपाली जनतालाई यसको विषयमा बुझ्न पाउनुपर्छ । सरकारले यो विषयमा जवाफ देओस् । यो विषयमा जवाफ नआउँदासम्म यो सदन एक इन्चपनि अगाडि बढ्नसक्ने अवस्था छैन ।’’


प्रकाशित मिति: १२ जेष्ठ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?